+
+
Shares

राजतन्त्र फेरि चाहियो भन्ने मूर्ख पनि नेपालमा छन् : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते २०:५५

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई ‘मूर्ख’ को संज्ञा दिएका छन् ।

२ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरीब बनाउने राजतन्त्र फेरि चाहियो भन्नु मूर्खतापूर्ण भएको उनले टिप्पणी गरे ।

शुक्रबार भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने ‘धेरै लामो समयसम्म बोल्न नपाइने लेख्न पढ्न नपाइने राणा शासनको गुणगान गाएर बस्नेहरुले, २ सय ४० वर्ष शासन गरेर नेपाललाई गरिब बनाउने राजतन्त्र फेरि चाहियो भन्ने मूर्खहरु पनि नेपालमा छन् ।’

राजतन्त्रको विषयमा जनमत संग्रहको माग गरिरहेका राप्रपा लगायतका पार्टीप्रति लक्षित गर्दै उनले अगाडि भने ‘२ सय ४० वर्ष शासन गरेर नेपाललाई अन्धकार बनाउने त्यस्तो राजतन्त्र फेरि चाहियो भन्ने, ‘लठ्यौरो’ भए पनि जन्मिदै शासक हुन पाउनुपर्छ भन्ने मान्यता बोकेका त्यस्ता कुराहरुका पछाडि लाग्नेहरु पनि नेपालमा देखिएका छन् ।’

प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि सचेत गराउनु भयो । उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिए । प्रधानमन्त्री ओलीले सरकारले शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको दावी पनि गरे ।

हेर्नुहोस् भिडियो

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?