Comments Add Comment

झुण्डिएको अवस्थामा फेला पर्‍यो किशोरीको शव

२५ जेठ, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा १६ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ५ आगरकी अन्दाजी लक्ष्मी रावल झुण्डिएको अवस्थामा मृत फेला परेकी इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक सुरज बहादुर खड्काले जानकारी दिए ।

शुक्रबार साँझतिर घाँस काट्न जान्छु भन्दै घरबाट निस्किएकी लक्ष्मी घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरी टोलीले किशोरीको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाएका छन् । लक्ष्मी कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।

घट्नाको प्रकृति हेर्दा शंकास्पद नदेखिएको र अनुसन्धान भने जारी रहेको प्रहरी निरीक्षक खड्काको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment