Comments Add Comment

कलाकार संघको निर्वाचनमा राजनीति नै राजनीति

प्रसंग १
शनिबार नेपाल पुलिस क्बलको परिसरमा निर्वाचन चलिरहँदा उम्मेदवारसँग चलचित्र क्षेत्रका केही हस्तीहरु पनि सक्रिय थिए । चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई सरिता लामिछानेका लागि भोट माग्न सक्रिय देखिए । यस्तै, चलचित्र निर्माता संघका महासचिव रोज राणा रविन्द्र खड्का र उनको प्यानललाई नै भोट माग्न सक्रिय देखिए । राजकुमार र रोजको यो खेल चलेको निर्वाचन भन्दा केही दिन अगाडि देखि नै हो ।

प्रसंग २
निर्वाचनको मत परिणाम सुरु हुँदा राजकुमार राई पुलिस क्लबको परिसरमा नै थिए । तर, १०० मत गन्दा सरिता ३५ मतले पछि परेपछि राजकुमार परिसरबाट बाहिरिए ।

प्रसंग ३
राजकुमार राई बाहिरिएको केही समय निर्माता रोज राणा परिसरमा प्रवेश गरे । उनलाई बधाई दिनेहरुको ताती लाग्यो । निर्वाचनको क्रममा आफ्नो केही भूमिका नरहेको भन्दै हाँसिरहेका रोज पछि विजेताले भन्दा बढी बधाई थापिरहेका थिए ।

माथिका यी ३ प्रसंगले पनि चलचित्र कलाकार संघको निर्वाचनमा भएको राजनीतिको बिषयमा बयान गर्न सकिन्छ । अध्यक्ष पदमा रविन्द्र खड्का र सरिता लामिछानेको भिडन्त देखिएतापनि यसपटक राजकुमार राई र रोज राणाविचको इगोको भिडन्त चलचित्र कलाकार संघको निर्वाचनमा स्पष्ट देखियो ।

राजकुमार र रोज नेपाली कांग्रेस समर्थक हुन् । तर, राजकुमारले सरितालाई साथ दिएपछि रोजले नेकपाको प्यारो बनेका अर्का उम्मेदवार रविन्द्र खड्काको पक्षमा राजनीति गरे । रविन्द्रलाई निर्माता मधुकुमार श्रेष्ठ, चलचित्रकर्मी केपी पाठक, रमेश वुढाथोकी, कृष्ण मल्ल लगायतको साथ थियो ।

चलचित्र कलाकार संघको निर्वाचनमा रविन्द्र खड्काको प्यानल विजयी हुनुले पनि के कुरा स्पष्ट पार्छ भने, भोट पार्टीगत आस्थाको रुपमा झरेको थियो । उपाध्यक्षका उम्मेदवार सानुकुमार ताम्राकार बाहेक कार्यसमितीको माथिल्लो पोष्टमा सबै रविन्द्रको प्यानले नै विजयी भयो ।

रविन्द्रले निर्वाचनमा जित हासिल गरेपछि आफूले चलचित्र कलाकार संघको निर्वाचनमा राजनीति हाबी हुनु हुँदैन भनेर मुद्दा उठाएका कारण नै जितेको बताएका थिए । तर, रविन्द्रले यसो भन्दै गर्दा उनको जितमा राजनीति नै हाबी भएको कुरा वुझ्न धेरै समय सोच्न पर्दैनथ्यो ।

चलचित्र कलाकार संघको निर्वाचनमा इगोको राजनीतिक देखिएको छ । आशा गरौ, यो राजनीति नेपाल पुलिस क्लबको परिसर भित्रै सकिनेछ ।

 

सरिताको रविन्द्रलाई सुझाव–‘कलाकारको मुद्दा उठाउनुहोस्, मुद्दामा राजनीति नगर्नुहोस्’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment