Comments Add Comment

सौगातकी फ्यान अलोना

असारको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आप्पा’की नव–नायिका हुन् अलोना काबो लेप्चा । दार्जिलिङकी अलोनालाई अहिले काठमाण्डौसँग माया बसिसकेको छ । अलोना अब, आफूले काठमाण्डौ र नेपाली चलचित्रलाई छाड्न नसक्ने बताउँछिन् ।

अनलाइनखबरसँग ‘ओके फ्रेस फेस’मा रहेर कुराकानी गर्ने क्रममा अलोनाले भनिन्–‘मलाई आप्पाका लागि ५ बर्ष पहिले नै अफर आएको हो । तर, म यसका लागि तयार थिइनँ । मेरो परिवार र निर्देशक अनमोल गुरुङको परिवार नजिक छ । यसैले मलाई निर्देशकले यो चलचित्र अफर गर्नुभएको थियो ।’

यो चलचित्र किन हेर्ने, अलोना भन्छिन्–‘आमाहरु माया व्यक्त गर्छन् । बाबुले आफूलाई पुरुष ठानेर पनि हुनसक्छ, माया व्यक्त गर्दैनन् तर गर्छन् । यो चलचित्रले बुबाको माया के हो भनेर देखाउन खोजेको छ ।’ उनका अनुसार, चलचित्रले दर्शकलाई सिधै जोड्न सक्छ । चलचित्र हेरेपछि दर्शकले परिवारको महत्व वुझ्ने अलोनाको दाबी छ ।

काठमाण्डौमा रहँदै गर्दा अलोनालाई अहिले आफू दार्जिलिङमा छु जस्तो लाग्छ । यहाँको भाषा, मानिसहरु सबै हेर्दा आफूले दार्जिलिङलाई मिस नगरेको उनले सुनाइन् । कलाकार दयाहाङ राइसँग काम गरिसकेकी अलोना अब भने आफूलाई सौगात मल्लसँग काम गर्न मन लागेको सुनाउँछिन् । उनले, आफू सौगात मल्लको फ्यान भएको पनि बताइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment