Comments Add Comment

स्मार्ट जीवनयापनका लागि तीन दिने आइओटी प्रदर्शनी

जमना डिजिटलको छ । जीवनशैलीलाई कसरी प्रविधिसँग जोड्ने ? अबको खोजी यही हो । प्रविधिको माध्याम अपनाएर आफ्नो दैनिकीलाई छिटो छरितो एवं चुस्त बनाउनैपर्छ । तर कसरी ?

जिज्ञासा मेट्नका लागि केही दिन कुर्नुपर्नेछ । किनभने राजधानीमा एक यस्तो मेला लाग्दैछ, जसले प्रविधि र जीवनयापनको नयाँ आयम पस्कनेछ । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसर स्मार्ट बनाउने ? मेलामा यही प्रश्नको उत्तर खोज्न सकिनेछ ।

यसको मेलोमेसो मिलाएको हो, सफ्ट्वेरिका कलेजले । मेला आगमी मंगलबार, बुधबार र बिहीबार गरी तीन दिनसम्म चल्ने छ । मेला  डिल्लिबजारको सफ्ट्वेरिका  कलेजमा हुने छ ।

उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुले प्रविधलाई दैनिक जीवनयापनसँग जोड्ने उपकरणहरु प्रस्तुत गर्नेछन् ।  कम्प्यूटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत १ सय ९४ विद्यार्थीका करिव ८० वटा स्मार्ट सोलुसनको व्यवहारिक प्रदर्शनी गरिनेछ ।

प्रदर्शनीका लागि स्मार्ट स्कुल/कलेज, स्मार्ट पाकिङ्, स्मार्ट होटल/रिसोर्ट, स्मार्ट फोहेार व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधन सहित स्मार्ट सिटीकेा नमुना तयार गरिएको छ ।

प्रदर्शनी अवधिमा तिनै दिन आइ.टि. मा भविष्य बनाउन चाहने विद्यार्थीका लागि विषेश कार्यशाला समेत सञ्चालन गरिनेछ । बेलायतको आइ.टि. सम्बन्धि प्रसिद्ध कभेन्ट्री युनिभर्सिटिका एकेडेमिक पाटर्नरसिप म्यानेजर एबि लिटलरले कार्यशालाको संयोजन गर्ने छन् ।

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यकाले प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment