Comments Add Comment

पल्सर स्पोर्ट्स अवार्डलाई गोल्डस्टारको साथ

२६ जेठ, काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डलाई मुख्य सह-प्रायोजन नेपाली चर्चित ब्राण्ड गोल्डस्टार जुत्ताले गरेको छ ।

आइतबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र गोल्डस्टार जुत्ता उत्पादन कम्पनी किरण सु म्यानुफ्याक्चरबीच मुख्य सह-प्रायोजनको सम्झौता भएको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्रायोजक कम्पनीको निर्देशक, मार्केटिङ तथा ब्राण्डिङ विदुषी राणाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

मुख्य सह-प्रायोजक गरे बापत गोल्डस्टारले मञ्चलाई ११ लाख बराबरको प्रायोजन गर्नेछ । किरण सु म्यानुफ्याक्चररले अवार्डका लागि नगद ८ लाख रुपैयाँ र बाँकी आˆनो उत्पादन सामाग्री उपलब्ध गराउनेछ । सम्झौताको अवधि एक बर्षको रहनेछ ।

सम्झौता कार्यक्रममा बोल्दै गोल्डस्टार उत्पादन कम्पनीकी निर्देशक राणाले खेलकुदका लागि बनेको गोल्डस्टार र खेलाडीको प्रोत्साहनका लागि भईरहेको अवार्ड कार्यक्रम जोडिनु स्वभाविक भएको बताइन् ।

मञ्चका अध्यक्ष सुवेदीले देशकै नम्बर एक ब्राण्डसँगको सहकार्यले अवार्डको गरिमा अझ बढेको बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको अवार्ड कार्यक्रम यसबर्ष असार १७ गते हुदैछ । अवार्डको महत्वपुर्ण विधाको रुपमा रहेको पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनीक भईसकेको छ । यस बर्ष विभिन्न ९ विधासहित एक जना अन्तर्राष्ट्रिय खेलपत्रकारलाई समेत सम्मान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment