+

पारा एसियाड खेल्ने नेपाली टोलीको बिदाइ, ८ खेलका १९ खेलाडी प्रतिस्पर्धामा

२०८३ असोज  २३ गते २१:५३ २०८३ असोज २३ गते २१:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको आइची–नागोयमा अक्टोबर १८ देखि २४ तारिखसम्म हुने पाँचौं पारा एसियाली खेलकुदमा नेपालबाट ८ खेलका १९ खेलाडी सहभागी हुने भएका छन्।
  • राष्ट्रिय खेलकुद परिषद्ले त्रिपुरेश्वरमा पारा एसियाली टोलीलाई शुक्रबार बिदाइ गरेको छ।
  • तेक्वान्दोकी पलेशा गोबर्धनले चौथो संस्करणमा कांस्य जितेकी थिइन्, र उनी पेरिस पारालिम्पिककी पनि कांस्य पदक विजेता हुन्।

२३ असोज, काठमाडौं । जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले त्रिपुरेश्वरस्थित राखेपमा बिदाइ गरे ।

जापानको आइची–नागोयमा अक्टोबर १८ देखि २४ तारिखसम्म हुने पाँचौं पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न ८ खेलमा १९ खेलाडी सहभागी हुने छन् ।

तेक्वान्दोमा पलेशा गोबर्धन र रेनु तामाङ, एथलेटिक्समा प्रभा आङदेम्बे, श्रृष्टि धेवाजु, मोहन रोका, हिमाल अर्याल र राजु गुरुङ, ब्याडमिन्टनमा प्रकाश अधिकारी, टेबलटेनिसमा केशव थापा, डिगमसिंह चेमजोङ, निर्मला भण्डारी, स्वीकृति न्यौपाने र विवेक राई, पावर लिफ्टिङमा रजनी राई र पवन घर्ती मगर, पौडीमा जेनिशा कडायत र हर्कमान घर्ती, जुडोमा संकल्प आचार्य र ह्वीलचेयर टेनिसमा रामबहादुर तामाङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकतर्फ तेक्वान्दोमा कविराज नेगी लामा, एथलेटिक्समा ओलम्पियन विमला राना मगर, ब्याडमिन्टनमा छविलाल शाही, टेबलटेनिसमा बसन्त भारती, पावर लिफ्टिङमा क्याब्लिन महर्जन, पौडीमा शुभ श्रेष्ठ, जुडोमा योगेन्द्र विष्ट र ह्वीलचेयर टेनिसमा सूर्यभूषण वज्राचार्य छन् ।

टोलीको सेभ दि मिसनमा केदारबाबु सिवाकोटी, अफिसियलमा विश्वास बस्नेत, राधा घले, टेकबहादुर गुरुङ, पशुपति पराजुली, दीपक केसी, ओमनाथ सिवाकोटी, सुनिता पराजुली, टेकबहादुर शाही ठकुरी, रामचन्द्र श्रेष्ठ, सरोज श्रेष्ठ, राजीव प्रधान, छिरिङ लामा, गणेशबहादुर खत्री, माधवप्रसाद चौलागाईं, विकास थापा, अमोद कार्की, साङबु भोटे, सुनिता तामाङ, अञ्जना श्रेष्ठ र ज्याननारायण श्रेष्ठ रहेका छन् । चिकित्सकमा दीपक श्रेष्ठ छन् ।

तेक्वान्दो र जुडो टोली शनिबार जापान प्रस्थान गर्ने सेभ दि मिसन सिवाकोटीले जनाएका छन् । बाँकी टोली क्रमैसँग जापान जाने छन् ।

नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ । चार संस्करणको समाप्तिसम्म पारा एसियाली खेलकुदमा नेपालले १ पदक जितेको छ ।

तेक्वान्दोकी पलेशा गोबर्धनले चीनको हाङझावमा भएको चौथो संस्करणमा कांस्य जितेकी थिइन् । पलेशा पेरिस पारालिम्पिककी पनि कांस्य पदक विजेता हुन् ।

पारा एसियाड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय