+

फुडपार्क भेट्रान्स कप फुटसलको सेमिफाइनल समीकरण पूरा

२०८३ असोज  २३ गते २१:५० २०८३ असोज २३ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एक्सट्रिम प्रस्तुत फुडपार्क भेट्रान्स कप फुटसल २०२६ मा सेक्रेट्स एफसी, फ्रिडमफाइटर्स, बीएमजे र पेपे पिज्जा सेमिफाइनलमा पुगेका छन् ।
  • क्वार्टरफाइनलमा सेक्रेट्सले वी प्लेलाई ४–२, फ्रिडमफाइटर्सले बागलुङ भेट्रान्सलाई ५–२, बीएमजेले एन पेनाङलाई ४–२ र पेपे पिज्जाले न्युगेनलाई २–० ले हराएका छन् ।
  • प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हब स्पोर्ट्स सेन्टरमा हुनेछ, र विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

२३ असोज, काठमाडौं । एक्सट्रिम प्रस्तुत फुडपार्क भेट्रान्स कप फुटसल २०२६ मा सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ । क्वार्टरफाइनलमा जित निकाल्दै सेक्रेट्स एफसी, फ्रिडमफाइटर्स, बीएमजे र पेपे पिज्जाले अन्तिम चारमा स्थान बनाएका हुन् ।

१३ टोली सहभागी प्रतियोगितामा सेक्रेट्स एफसीले वी प्लेलाई ४–२ गोलले पराजित गर्‍यो । फ्रिडमफाइटर्सले बागलुङ भेट्रान्सलाई ५–२ ले हराउँदा बीएमजेले एन पेनाङलाई ४–२ गोलले पराजित गर्‍यो । पेपे पिज्जाले न्युगेनलाई २–० गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हब स्पोर्ट्स सेन्टरमा हुनेछ । पहिलो संस्करणको उपाधिका लागि चार टोली प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । आयोजकका अनुसार नेपाली भेट्रान्स फुटबलमा यो अहिलेसम्मकै ठूलो पुरस्कार राशि हो । उपविजेताले ३ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

एक्सट्रिम र फुडपार्कको प्रस्तुतिमा भइरहेको प्रतियोगितालाई पेपे पिज्जा, जेन्ट्स पार्क, इन्फिनिटी, डिर्क एन्ड ब्राउन, केएफसी, बिग टेक र सुपरयूले सहयोग गरेका छन् । गउर्मेट भियना, डीके फुड्स र मिट बेकर उपहार साझेदार छन् ।

एचएएमएस मेडिकल पार्टनर, युनाइटेड अजोड इन्स्योरेन्स पार्टनर, गोलनेपाल मिडिया पार्टनर, अक्वाफिना हाइड्रेसन पार्टनर, निम्बु पानी पेय साझेदार र ट्रस्ट गार्ड सुरक्षा साझेदारका रूपमा रहेका छन् ।

फुडपार्क भेट्रान्स कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय