Comments Add Comment

भारतको विकेन्ड कमाई डेढ सय करोड

बलिउड स्टार नायक सलमान खान अभिनित चलचित्र ‘भारत’ले ५ दिने विकेन्डमा राम्रो कमाई गरेको छ । तर, चलचित्र रिलिजको पहिलो दिन वुधबार र विकेन्डको अन्तिम दिन आइतबार भने विश्वकप क्रिकेटमा भारतको खेल पर्दा व्यापारमा थोरै समस्या परेको छ ।

चलचित्रले पहिलो दिन आक्रामक व्यापार गरेपनि त्यो रफ्तारलाई दोश्रो दिनबाट समात्न सकेन । चलचित्रले पहिलो दिन इदको बिदामा भारतीय बक्स अफिसमा ४२.३० करोडको कमाई गरेको थियो । दोश्रो दिन चलचित्रको व्यापार ३१ करोडमा झर्यो । तेश्रो दिन शुक्रबार २२.२० करोड, चौथो दिन शनिबार २६.७० करोड कमाई गरेको चलचित्रले आइतबार बिदाको दिनमा २७.९० करोडको कमाई गर्यो ।

चलचित्रले ५ दिनमा १५० करोडको आँकडा छोएको छ । तर, चलचित्रको वर्ड अफ माउथ कमजोर भएकाले चलचित्रले २ सय करोडको आसपासमा व्यापार गर्ने देखिएको छ । यो चलचित्रले ३ सय करोड कमाउने अपेक्षा नायक सलमान खानको थियो ।

तर, चलचित्रको समिक्षा राम्रो नआएपछि यसपटक ३ सय करोड छुने उनको योजना सफल हुन सकेन । चलचित्रमा सलमानको साथमा नायिका कट्रिना कैफ, दिशा पटानी लगायतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment