२७ जेठ, काठमाडौं । नेपाल बङ्गलादेश बैंक कर्मचारी संघले आफ्नो २५ औं वाषिर्कोत्सवको अवसरमा बैंकको प्रधान कार्यालयमा नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा कर्मचारी तथा बैँकका ग्राहकहरु गरेर जम्मा ११५ जनाले रक्तदान गरेका थिए । रगत अभावलाई ध्यानमा राख्दै कर्मचारी संघले बैंकको वाषिर्कोत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4