Comments Add Comment

हावाहुरीबाट मृत्यु भएका लहानुका परिवारलाई राहत वितरण

२७ जेठ, कैलाली । हावाहुरीका कारण मृत्यु भएका टीकापुरका कुखुरा व्यवसायी लहानु चौधरीको परिवारलाई राहत उपलब्ध गरिएको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिबराम केसीले सोमबार घरमै पुगेर ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

थोरै भए पनि परिवारलाई राहत पुगोस भनेर चेक हस्तान्तरण गरिएको  अध्यक्ष केसीले बताए ।

बिहीबार साँझ आएको हावाहुरीमा परी ब्यबसायी चौधरीको मृत्यु भएको थियो । मृतक चौधरीको घरमा प्रदेश सरकारका तर्फबाट भने  कुनै पनि प्रतिनिधि पुग्न सकेका छैनन् ।

हावाहुरीका कारण मृत्यु भएका परिवारलाई डेढलाख रकम दिने भनिए पनि अहिलेसम्म सान्त्वनासमेत दिन कोही नआएको छोरा हरिनारायण चौधरीले बताए ।

नगरपालिकाले भने कृया खर्चका लागि भनेर २५ हजार दिएको बताए ।

हावाहुरी आएकोबेला कुखुरा बचाउन जाँदा कुखुराको खोरको पर्खाल भत्केर टीकापुर नगरपालिका-२ राजीपुरमा चौधरीको मृत्यु भएको थियो ।
घटना हुँदा मृतकका छोरा हरिनारायण चौधरी पनि बुवासंगै थिए । उनी सामान्य घाइते छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment