Comments Add Comment

रिलायबल नेपाल लाइफ एनसीएचएलसँग आबद्ध हुँदै

२७ जेठ, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने,पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनएचएल आईपीएस र कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीसँग आबद्ध भएपछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु यस संस्था संग आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।

यो प्रणालीमा आबद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम)बीमा शूल्क पनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभ ग्राहिहरुका बैंक खाताहरुबाट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment