+
+
Shares

भारतले जितेपछि पूनमको यस्तो हर्कत

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २७ गते १२:३०

बलिउडकी मोडल पूनम पाण्डे सधै नै विवादित छिन् । पूनम पाण्डे अश्लिल हाउभाउका कारण बढी विवादित बन्छिन् । उनको हातमा अहिले चलचित्र छैन । बलिउडमा जम्ने उनको योजना खासै सफल भएन । पाण्डे अहिले सामाजिक संजालमा उत्तेजक तस्वीर राखेर चर्चामा छिन् ।

उनै पाण्डेले आइतबार बेलुकी भएको भारत र अष्ट्रेलियाविचको विश्वकप क्रिकेट खेलपछि एउटा उत्तेजक तस्वीर सार्वजनिक गरेकी छिन् । भारतले अष्ट्रेलियालाई हराएपछि उनले टिम इन्डियाका लागि भन्दै उत्तेकज तस्वीर सार्वजनिक गरेकी हुन् ।

उनको तस्वीरमा गालीको बर्षा भएको छ । तर, पनि उनी यस्तै खालका तस्वीर राखेर चर्चित बन्ने धुनमा छिन् । उनले केही समय अगाडि भारतले क्रिकेटको विश्वकप जितेको खण्डमा मैदानमा नांगै दौडने घोषणा समेत गरेकी थिइन् । यसपटक, उनले यस्तो विवादस्पद घोषणा भने गरिसकेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?