Comments Add Comment

सफ्ट्वरिका कलेजमा ३ दिने स्मार्ट प्रविधिको प्रदर्शनी

२८ जेठ, काठमाडौं । सफ्ट्वरिका कलेजमा ३ दिने स्मार्ट प्रविधिहरुको मेला लागेको छ । विद्यार्थीहरुले आफूले विकास गरेका विभिन्न प्रविधिलाई मेलामा प्रदर्शनीमा राखेका छन् ।

यहाँ विद्यार्थीले दैनिक जीवनयापनलाई स्मार्ट बनाउने गरी विभिन्न प्रविधिहरु विकास गरेर प्रदर्शनीमा राखिएको छ । बिहीबारसम्म चल्ने प्रदर्शनीमा विद्याथीरुले स्वचालित रुपमा खुल्ने ढोकासहित विभिन्न प्रविधिलाई सूचना प्रविधिसँग जोडेर प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा स्मार्ट होमदेखि स्मार्ट सिटीसम्मका विभिन्न अवधारणलाई प्रविधिको सहयोगमा प्रस्तुत गरिएको छ । स्मार्ट स्कुल, स्मार्ट कलेज, सामर्ट पार्किङ, स्मार्ट होटल, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट रिर्सोट, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारीसाधन, र स्मार्ट ट्राफिक लाइट लगायतका  प्रविधिलाई विद्यार्थीले प्रदर्शन गरेका छन् ।

आईओटी प्रदर्शनीमा ८० वटा स्मार्ट सोलुसनका मोडलहरु छन् । कम्प्युटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत १ सय ९४ विद्यार्थीले यस्तो प्रविधि तयार गरेका हुन् ।

मेला अवधिधार विविभिन्न कार्यशाला पनि आयोजना गरिँदैछ । बेलायतको कभेन्ट्री युनिभर्सिटी एकेडेमिक पार्टनरसिप म्यानेजर एबी लिटलरले कार्यशालको संयोजन गरेकी छिन् ।

विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाईमा अभ्यस्त गराउँदै दक्ष जनशक्ति उत्पादन गर्न यस्तो मेलाले सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।


कम्प्युटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको कलेजका प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

निःहुलक प्रवशेको व्यवस्था गरिएको मेलामा सरकारी अधिकारी, विद्यार्थी, अभिभावक र सर्वसधारणले सहभागिता जनाउने अपेक्षा गरिएको छ । ३ हजार जनाले मेला अवलकोकन गर्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment