Comments Add Comment

दार्चुलामा शौचालय भत्किँदा तीन बालिकाको मृत्यु

२८ जेठ दार्चुला । दार्चुलामा शौचालय भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको छाना भत्किँदा तीन बालिकाको घटनास्थलमा नै मृत्यु भएको गाउँपालिकाका प्राविधिक सहायक प्रतापसिँह ठगुन्नाले बताएका छन् ।

मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका करिब ८/९ वर्षीय तीन बालिका छाना भत्किँदा पुरिएका हुन् । शौचालयको छतमा कति जनाले खेलिरहेका थिए भन्ने यकीन भएको छैन ।

सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ । वर्षाका कारण उद्धार प्रभावित बनेको प्राविधिक सहायक ठगुन्नाले बताए । निकालिएका शवहरुको समेत पहिचान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment