Comments Add Comment

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

२८ जेठ, विराटनगर । प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ । मंगलबार प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको असहमतिका बाबजुद सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

कांग्रेसले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएन । कांग्रेसका सात जना सांसदले विभिन्न ११ वटा बुँदामा संशोधन दर्ता गराएका थिए ।

त्यसैगरी संघीय समाजवादी पार्टीले पनि नीति तथा कार्यक्रममा संसोधन गर्दा गराएको थियो।

संघीय समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले नीति तथा कार्यक्रमको पहिलो बुँदामा जन आन्दोलन र सशस्त्र सर्घषसँगै मधेश आन्दोलन पनि समेटिनुपर्ने भन्दै संशोधन दर्ता गराएका थिए ।

मुख्यमन्त्री शेरधन राईले संशोधन प्रस्तावलाई यथोचित रुपमा सम्बोधन गर्ने आवश्वान दिएपछि यादवले भने आफ्नो संशोधन फिर्ता लिएका थिए ।

मुख्यमन्त्री राईले कांग्रेसका तर्फबाट शेखरचन्द्र थापा लगायतका सात जना सांसदले दर्ता गराएको ११ वुँदे संशोधन प्रस्तावलाई पनि नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिए ।

संशोधनकर्ताका शेखरचन्द्र थापाले मुख्यमन्त्री राईले भनाईले संशोधनकर्ताको भावनालाई सम्बोधन गर्न नसक्ने भन्दै फिर्ता लिन मानेनन् ।

प्रदेशसभामा गत जेठ २३ गते प्रदेश प्रमुख प्रा. डा. गोबिन्द सुब्बाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारको आगामी बर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा २७ जना सांसदले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment