Comments Add Comment

राजा महेन्द्रबारे नकारात्मक टिप्पणी नगरौंः कमल थापा

Photo Credit : फाइल फोटो

२९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । महेन्द्रलाई निरंकुश राजाको संज्ञा दिनु गलत हुने उनको तर्क छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष थापाले महेन्द्रले राजाको रुपमा विश्वसामू नेपाललाई स्वतन्त्र राष्ट्रको पहिचान दिलाएको उल्लेख गरे । हरेक देशभक्त नेपालीले उहाँको योगदानलाई भूल्न नमिल्ने उनले बताए ।

तत्कालीन राजा महेन्द्रले नेपालको स्वतन्त्रताको रक्षा गर्न २०१७ सालको कदम चालेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment