+
+
Shares

न्युजिल्यान्ड र भारतबीचको टस नै हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३० गते १५:१४

३० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्यान्ड र भारतबीचको खेलको टस नै भएको छैन ।

खेलअघि नै वर्षा हुन थालेपछि न्युजिल्यान्ड र भारतबीचको खेल हुने नहुने अन्यौलमा छ । तर खेल केही ढिलो गरी हुन सक्ने अवस्था भने छ । खेल नभएमा भने दुबै टिमलाई घाटा लाग्नेछ ।

अहिलेसम्म जारी विश्वकपका तीन वटा खेल वर्षाको कारण रद्द भइसकेको छ । श्रीलंका र पाकिस्तानबीचको खेल पानीको कारण रद्द भएपछि दुबै टिमले अंक बाँडेका थिए । अर्को दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि वषर्ाको कारण रद्द भएको थियो । बंगलादेश र श्रीलंकाबीचको खेल सुरु हुनुभन्दा अघि नै वर्षा हुन थालेपछि रद्द भएको थियो ।

पानीको कारण खेलहरु रद्द हुदै जादा विश्वकप नै खल्लो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?