Comments Add Comment

मार्टिन गुप्टिलको नतोडिएको त्यो रेकर्ड

काठमाडौं । रेकर्डहरु बन्छ, तोडिन्छ । तर कतिपय यस्तो रेकर्ड बन्छ, जुन भेटाउन निकै मुश्किल पर्छ ।

न्युजिल्यान्डका मार्टिन गुप्टिलले पनि विश्वकपमा त्यस्तै रेकर्ड बनाएका छन् । त्यो रेकर्ड २०१५ विश्वकपमा बनेको थियो ।

विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो । त्यो पनि न्युजिल्यान्डलाई फाइनलमा पराजित गर्दै । त्यही प्रतियोगिताको पूरै अवधि चर्चामा रहे मार्टिन । कारण थियो, क्वाटरफाइनल खेलमा वेष्ट इन्डिजलाई १४३ रनले पराजित गर्दा मार्टिनले क्रिस गेलको नाममा रहेको रेकर्ड तोड्दै बननाएको नयाँ कीर्तिमान ।

उक्त खेलमा मार्टिनले अविजित २३७ रन बनाए । विश्वकपमा यो एकै खेलमा बनाएको सर्वाधिक रन हो । उनले १६३ बलको सामना गर्दै २४ चौका र ११ छक्का प्रहार गरेका थिए ।

त्यसअद्धि समूह चरणको खेलमा वेष्ट इन्डिजका क्रिस गेलले २१५ रन बनाउँदै विश्वकपमा रेकर्ड बनाएका थिए ।

तर गुप्टिलले त्यसलाई धेरै दिन रहन दिएनन् । अब उनको रेकर्ड भने कसले तोड्छ अनुमान लगाउन मुस्लिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment