+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बाँके र बर्दियाका मालपोत अधिकृतसहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३० गते १९:१२

३० जेठ, काठमाडौं । बाँके र बर्दियाका विभिन्न सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके र बर्दिया मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बाँकेका तत्कालिन प्रमुख मालपोत प्रमुख दीर्घबहादुर अधिकारी र बर्दियाका मालपोत कार्यालय प्रमुख कृष्णप्रसाद ज्ञवालीसहित २६ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

बाँकेको  खासकारकाँदो ७ को ५ कट्ठा १३ धुर र नेपालगञ्ज उपमहानगरपालिकाको ५ कट्ठा १७ धुर जग्गा र बर्दिया नेउलापुरको विभिन्न तीन कित्ता जग्गा सरकारी कागजात कीर्ते गरेर व्यक्तिको नाममा दर्ता गरी सरकारलाई हानी नोक्शानी पुर्‍याएको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

बाँके मालपोत कार्यालयका प्रमुख अधिकारी, मालपोत अधिकृत पुष्पा श्रेष्ठ, हेमराज शर्मा, अशोककुमार भट्टराई, नायब सुब्बा रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का, मानबहादुर केसी, कम्प्युटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर चन्द ठकुरी, खरिदार सुशील रिजाल, सञ्जयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी आनन्दराम चौधरीविरुद्ध मुद्दा दायर भएको हो।

बर्दिया मालपोतका तत्कालिन प्रमुख ज्ञवालीसहित मालपोत अधिकृत रामकुमार रोका, नायब सुब्बा कृष्णलाल शर्मा, रवीन्द्रबहादुर थापा, खरिदार भूमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसी रानी थारु, कम्प्युटर अपरेटर लक्ष्मी मल्ल, कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय, खैरुल हसन अन्सारी, हसरतुन निशा अन्सारी, लाली मल्ल, लेखा व्यवसायी बृहस्पति खड्का र पप्पु धोवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

बाँके मालपोत कार्यालयका कर्मचारीसँग जनही २ करोड १६ लाख ७३ हजार ५० रुपैयाँ विगो दावी गरिएको छ । बर्दियाका मालपोत अधिकृतसहित ९ कर्मचारीसँग जनही २ करोड ३० लाख रुपैयाँ विगो र कार्यालय सहयोगी खैरुल हसन अन्सारीसँग चार करोड ४७ लाख ४५ हजार ५ सय ५० विगो माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?