Comments Add Comment

ओमानको खाडीमा तेल ट्यांकरमा विस्फोट

काठमाडौं । ओमानको खाडीमा दुई तेल ट्यांकरमा विस्फोट भएको छ । घटनापछि दजनौं कर्मचारीलाई उद्दार गरिएको छ ।

कोकुका करेजियस ट्यांकरको बोर्डबाट २१ र फ्रन्ट अल्टायरबाट २३ जनालाई सुरक्षित रुपमा निकालिएको इरानले बताएको छ । अमेरिकाले पनि आफ्नो नौसेनाले केहीको उद्दार गरेको बताएको बीबीसीले जनाएको छ ।

यो विश्वको बसेभन्दा व्यस्त तेल रुट हो । दुई ट्यांकरमा भएको विस्फोटको कारण खुलेको छैन ।

संयुक्त अरब इमिरेट्सको चार तेल ट्यांकरमाथि आक्रमण भएको एक महिनापछि यस्तै अर्को घटना भएको हो । ब्लूमबर्गको रिपोर्टअनुसार यो घटनापछि तेलको मूल्य ४.५ प्रतिशत बढ्नसक्छ ।

नर्वे म्यारी टाइम अथोरिटीका अनुसार फ्रन्ट अल्टायर उसको ट्यांकर थियो, जसमा आक्रमण भएको छ । फ्रन्ट अल्टायर ताइवानको सरकारी तेल प्रशोधन कम्पनी सीपीसी कर्पोरेशनबाट भाडामा लिइएको थियो । सीपीसीका प्रवक्ता वू आई फाङ्गका अनुसार ट्यांकरमा ७५ हजार टन तेल थियो । उनले भनेका छन्, ‘हामीलाई आशंका छ कि यो टोर्पिडो (सबमरीनको मिसाइल) बाट आक्रमण गरिएको हो । तर पुष्टि हुन सकेको छैन ।’

माइन अट्याकको अर्को अपुष्ट रिपोर्ट पनि आएको छ ।

जहाजको मालिक फ्रन्टलाइनले भने मार्शल द्वीपको झण्डा भएको जहाजमा आगो लागेको थियो ।

कोकुका करेजियसलाई सञ्चालन गर्ने जापानको बीएसएम सिप म्यानेजमेन्ट कम्पनीका अनुसार ट्यांकरमा मेथानल थियो, त्यसैले डुब्ने सम्भावना छैन ।

यो घटना स्ट्रेट आफ होरमुज नजिकै भएको छ । यो इरान र ओमानको जल क्षेत्र हो, जुन ३३ किलोमिटर चौडा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment