Comments Add Comment

३३ बर्षमा नम्रता

नायिका नम्रता श्रेष्ठ ३३ बर्षमा प्रवेश गरेकी छिन् । उनको जन्मदिनको अवसर पारेर आज काठमाण्डौमा उनी अभिनित चलचित्र ‘जाइरा’को पोष्टर रिलिज गरिएको छ । भदौ ६ गते रिलिज हुने यो चलचित्रमा नायिका श्रेष्ठको समेत लगानी छ । नायिका श्रेष्ठले चलचित्रको कथा मन परेकाले आफूले लगानी गरेको बताइन् ।

चलचित्रमा नायिका मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् । कार्यक्रममा नायिका नम्रता श्रेष्ठको जन्मदिनको केक समेत काटिएको थियो । नायिका श्रेष्ठले आफू ३३ बर्षमा प्रवेश गरेको बताइन् । उनले आफूलाई पहिलो विस ‘राजा’ले गरेको सुनाइन् । यस्तै, नायक अनुप विक्रम शाहीले पनि आफूलाई राती नै विस गरेको उनले जानकारी दिइन् ।

उनले आफूले हरेक भूमिकालाई नै महत्व दिने बताइन् । आफूले कुनै पनि क्यारेक्टरमा शत प्रतिशत दिन नसक्दा दर्शकले चिट गरेको वुझ्ने भएकाले मिहिनेत गर्ने उनले सुनाइन् । यो चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा अनुप विक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment