+
+
Shares

अजयसँग तुलना गर्दा यसो भन्छन् अक्षय

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १४:११

बलिउड नायक अक्षय कुमार चलचित्र ‘सूर्यवंशी’को छायांकनमा व्यस्त छन् । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षयको जोडीको रुपमा नायिका कट्रिना कैफ छिन् । अक्षयले यो चलचित्रमा प्रहरी अफिसरको भूमिका निर्वाह गर्दैछन् ।

अहिले अक्षयको तुलना अर्का बलिउड नायक अजय देवगणसँग भइरहेको छ । रोहितको निर्देशनमा बनेको चलचित्र ‘सिंघम’मा अजय देवगण प्रहरी बनेका थिए । उक्त भूमिकालाई दर्शकले धेरै रुचाएका थिए । अहिले पुनस् रोहितको निर्देशनमा अक्षय कुमार प्रहरी बनिरहेका छन् । त्यसैले होला, उनीहरुबीच निकै तुलना भइरहेको छ ।

तर, यो कुराले अक्षय कुमारलाई मन परेको छैन । अक्षय आफूलाई अरुसँग तुलना नगर्न अनुरोध गरेका छन् । उनले भनेका छन्–‘अजयले आफ्नो ठाउँमा राम्रो काम गरिरहेका छन् । मैले मेरो ठाउँबाट राम्रो गर्ने कोसिस गरिरहेको छु । त्यसैले एक(अर्कामा तुलना नगरिदिनुस् ।’

बक्स अफिसको सफलतामा अक्षयलाई अजयले उछिनेपछि पनि यो तुलना भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?