Comments Add Comment

लामो समयदेखि शतकको पर्खाइमा थिएँ : वार्नर

३१ जेठ, काठमाडौं । पाकिस्तानविरुद्ध १०७ रनको पारी खेलेर अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर निकै सन्तुष्ट छन् । उनले शानदार पारीसँगै अष्ट्रेलियाले पाकिस्तानमाथि ४१ रनले जित निकालेको थियो ।

भारतविरुद्ध सुस्त ब्याटिङ गरका कारण आलोचकको निशानामा परेका वार्नरले बुधबार शानदार प्रदर्शन गर्दै वन डे करियरको ५१ औं शतक बनाएका थिए । पाकिस्तानविरुद्ध उनको लगातार तेस्रो शतक थियो । यो विश्वकपमा उनको नाममा २५५ रन भएको छ, जुन बंगलादेशका शकिब अल हसन (२६० रन) भन्दा कम छ ।

वार्नरले भने, ‘लामो समयदेखि यो शतकको प्रतिक्षामा थिएँ । अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दा लागेको थियो कि म लयमा छैन । अर्को खेल (वेष्टइण्डिजविरुद्ध) मा जब एक बल विकेट झै लाग्यो, तब म थोरै सुस्त भएँ ।’

उनले अघि भनेका छन्, ‘भारतका बलरले सिधासिधा लाइनमा बलिङ गरे । तर यहाँ आएर मैले आफ्नो शैलीमा ब्याटिङ गरेँ, जसले मलाई आनन्द दियो ।’

वार्नरले भनेका छन् कि पाकिस्तानविरुद्ध पिचमा बलको गति असमान थियो । उनले पर्खिएर खेले र सही रणनीति अपनाए ।

‘मलाई लाग्यो कि यो विकेट केही टेष्ट म्याच जस्तो छ । कहिले निकै सर्ट र कहिले फुल लेन्थमा बलिङ गरे । यस्तोमा हामी खुलेर खेल्न सफल भयौं’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment