+
+

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा चयन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १९:३३

३१ जेठ, काठमाडौं । कुमारी बैंकका विशेष साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थापक समूहको तर्फवाट प्रतिनिधित्व गर्ने अमिर प्रताप जबरा, कृष्णप्रसाद ज्ञवालि साथै सर्वसाधारण समूहको तर्फवाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध सञ्चालक समितिमा निर्वाचित भएका छन् ।

नव निर्वाचित सञ्चालकहरु ४ जना र विद्यमान स्वतन्त्र सञ्चालक प्रा.डा.गणेश प्रसाद पाठक सहित ५ जनाको सञ्चालक समितिलाई निवर्तमन अध्यक्ष सन्तोष कुमार लामा तथा निवर्तमन संस्थापकहरुले स्वागत गरे ।

नव निर्वाचित सञ्चालकहरुको बैठकले अमिर प्रताप जंगबबहादुर राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको व्यहोरा समेत बैंकले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?