Comments Add Comment

कोपा अमेरिका फुटबल भोलिदेखि, उद्घाटनमा ब्राजिल र बोलिभिया भिड्दै

३१ जेठ, काठमाडौं । ब्राजिलमा कोपा अमेरिका फुटबल शनिबारबाट सुरु हुदैछ । उद्घाटन खेलमा ब्राजिल र बोलिभियाबीच प्रतिस्पर्धा हुदैछ ।

समूह ए अन्तर्गत ब्राजिल र बोलिभियाबीचको खेल नेपाली समयअनुसार बिहान ६ बजेर १५ मा सुरु हुनेछ । आयोजक ब्राजिल नेयमारविनै कोपा अमेरिका फुटबल खेल्दैछ । आफ्नो पहिलो खेलमा नै जित हात पार्दै शुखद सुरुवात गर्ने लक्ष्यमा आयोजक ब्राजिल रहेको छ ।

यता, बोलिभिया भने ब्राजिललाई रोक्ने लक्ष्यमा हुनेछ ।

कोपा अमेरिका फुटबलमा पहिलो पटक जापान र कतारले पनि भाग लिएका छन् । कोपा अमेरिका फुटबल प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्दैछ । समूह ए मा आयोजक ब्राजिलसँगै बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । त्यस्तै, समूह बी मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार रहेका छन् ।

त्यस्तै, समूह सी मा चिली, इक्वेडर, जापान र उरुग्वे रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment