Comments Add Comment

युरोप घुमेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नाै दिने  विदेश भ्रमण सकेर  आइतबार बिहान स्वदेश फर्किएका छन् ।

युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

ओलीसहितको टोलीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् ।

नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ता पनि प्रधानमन्त्री ओलीको स्वागतका लागि विभानस्थल पुगेका छन् ।

प्रधानमन्त्री ओलीले विमानस्थलकाे विशिष्ट कक्षमा सञ्चारकर्मीहरूलाई आफ्नो भ्रमणबारे जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment