Comments Add Comment

अनुपमको जन्मदिनमा खुलेकी करिश्मा

शुक्रबार बेलुकी कलाकार अनुपम श्रेष्ठको जन्मदिनमा कालो रंगको पहिरन लगाएर नायिका करिश्मा मानन्धर पुगिन् । नायिका मानन्धर अनुपमसँग नजिक छिन् । सो कार्यक्रममा अनुपले करिश्मालाई सम्मान पनि गरेका थिए । अब, आफ्नो जन्मदिनमा हरेक बर्ष कुनै न कुनै कलाकारलाई सम्मान गर्ने उनले बताए । नायिका करिश्मा श्रेष्ठले पनि अनुपमको सम्मान पाउँदा घर भित्रकै माया पाएको उल्लेख गरिन् ।

नायिका मानन्धरको उपस्थिती अनुपमका लागि विशेष त थियो नै । साथमा, करिश्माको बोल्ड पहिरनले पनि माहोल गर्मायो । नायिका मानन्धरको बोल्ड अवतार सधै नै चर्चामा रहन्छ । उनी, खुलेको पहिरनमा आफ्नो ट्याटु शो गरेर पुगेकी थिइन् ।

पछिल्लो समय राजनीति भन्दा सार्वजनिक कार्यक्रममा बढी देखिन थालेकी करिश्मा ‘अब म बोल्छु’ भन्दै विभिन्न क्षेत्रका मुद्दामा बोल्न थालेपछि चर्चामा छन् । उनको चर्चा डाक्टर बाबुराम भट्टराइको पार्टी छाडेपछि झनै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment