Comments Add Comment

हेटौंडाबाट पथलैया हिँडेको बस दुर्घटना , १ को मृत्यु, २२ यात्रु घाइते

२ असार, हेटौंडा । मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको बस सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको ज्यान गएको छ भने २१ यात्रु घाइते भएका छन् ।

ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान मकवानपुर र बाराकाे सीमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे हाे । दुर्घटनामा गम्भीर घाइते १ जनाको ज्यान गए पनि पहिचान खुलेको छैन ।

दुर्घटनामा २१ जना घाइते भएको  मकवानपुरका एसपी मुकेश सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

बसमा ३० यात्रु सवार रहेकाे बताइएकाे छ ।

एसपी सिंहका अनुसारसुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ ।

बस मोडबाट तल खसेको छ । बढी गति र मोडका कारण बस दुर्घटनामा परेको हुनसक्ने एसपी सिंहले बताए । यसबारे प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment