
२ असार, रामेछाप । मन्थली नगरपालिका मेयर रमेशकुमार बस्नेतमाथि नगर कार्यपालिका बैठकमै आक्रमण भएको छ । सोमबार नगरकार्यपालिका बैठक चलिरहेको बेला आफूमाथि कार्यपालिका सदस्यहरुले आक्रमण गरेको बस्नेतले बताए ।
काम नै नगरेका पुराना योजनाको रकम भुक्तानी हुनुपर्ने माग उठाउँदै वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर कार्की, वडा नं १२ का वडाध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालका सदस्य उद्धव रम्तेल लगायतले कुर्सी, नेमप्लेट, चियाको ग्लास, पानीका बोतल लगायतले आक्रमण गरेको बस्नेतले बताए ।
‘छलफल निश्कर्षमा पुग्नै लाग्दा एक्कासी आक्रमण गरे । वडा नम्बर १ का वडाध्यक्षले टाउकोबाट रगत बगेको भनेपछि मात्र चोट लागेको थाहा भयो’ बस्नेतले भने ।
बस्नेत र कार्यकारी अधिकृतले आवश्यक विधि प्रक्रिया पुरा नगरेको हुँदा वडा नं ५ को अधिल्लो आर्थिक वर्षमा सञ्चालित योजना र कार्यक्रमको भुक्तानी गर्न नसकिएको बताएको छ । कसैले धम्याउने, आक्रमण गर्ने वा वल देखाउने कार्यले आफू बिचलित नहुने नगर प्रमुख बस्नेतले बताए ।
प्रतिक्रिया 4