Comments Add Comment

साउन ३० मा ३ हिन्दी र २ नेपाली फिल्म

असार महिनामा हरेक हप्ता मुश्किलले एउटा नेपाली चलचित्र रिलिज हुदैछन् । बर्षाको मौसम भएकाले पनि चलचित्र रिलिज गर्न निर्माताहरु खासै सोच राख्दैनन् । यसैले पनि यसको दबाब साउनपछि कात्तिकसम्म पर्छन् ।

एउटा कुरा के पक्का छ भने, यो बर्ष गतबर्षको तुलानामा ४० प्रतिशत कम नेपाली चलचित्र रिलिज हुँदैछन् । तर, यो बर्ष आउने ठुला बलिउड चलचित्रको दबाब नेपाली चलचित्रले झेल्नु पर्नेछ । झेल्न सक्नेहरु सोही मितिमा रिलिज गर्ने मुडमा छन्, नसक्नेहरु सायद पछि सर्छन् ।

यहीमध्ये साउन ३० को डेटलाई महत्वपूर्ण मानिएको छ । यो मितिमा सुरुवातमै विकासराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘हजार जुनी सम्म’को रिलिज डेट फाइनल गरिएको हो । यो मितिमा अर्को नेपाली चलचित्र ‘दयारानी’ पनि रिलिज हुँदैछ । जेठबाट सरेर दयाहाङ राई स्टारर यो चलचित्र साउनमा पुग्यो ।

तर, यी दुबै चलचित्रलाई सजिलो हुने छनक भने देखिएको छैन । यो मितिमा साउथका स्टार मानिएका प्रभाषको महत्वकांक्षी चलचित्र ‘साहो’ रिलिज हुँदैछ । यो मितिमा ‘साहो’ नआउनेमा नेपाली निर्माता विश्वस्त थिए, तर अब यो मितिमै ‘साहो’ रिलिज हुनेछ ।

तर, यो मितिमा ‘साहो’ले मात्र सिंगल हल पाउने छैन । यो मितिमा बलिउडका दुई स्टार अक्षय कुमार र जोन अब्राहमको चलचित्र पनि आउँदैछ । यसैले पनि नेपाली चलचित्रले पछि सर्ने निर्णय गरेनन् भने ५ वटा ठूला चलचित्रको जुधाई नेपाली हलमा पनि देखिनेछ ।

यो मितिमा अक्षय कुमारको चलचित्र ‘मिसन मंगल’ र जोन अब्राहिमको ‘बाट्ला हाउस’ रिलिज हुने पक्का भएको छ । ‘बाट्ला हाउस’लाई पनि अगष्ट १५ मै रिलिज गर्ने निर्णय गरेसँगै अहिले बलिउडमा यी ३ चलचित्रको चर्चा भैरहेको छ । यसरी हेर्दा साउन ३० को डेटमा ५ वटा चलचित्र आउने पक्का छ ।

वुझिएअनुसार, साउन ३० को मितिमा ‘साहो’ मात्र रिलिज भएको खण्डमा निर्माता तथा निर्देशक विकासराज आचार्य ‘हजार जुनी सम्म’ रिलिज गर्ने सोचमा थिए । तर, अब अन्य २ बलिउड चलचित्र समेत थपिएपछि विकास पछि सर्न सक्ने देखिएको छ । तर, उनले यस बिषयमा कुनै निर्णय लिएका भने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment