Comments Add Comment

काठमाडौं महानगरले दुईखाले शौचालय बनाउने

महानगरपालिकाले ल्यायो सार्वजनिक शौचालयको निर्देशिका

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका मुख्य भागहरुमा आधुनिक शौचालय बनाउने योजना अघि बढाएको छ । हाल सञ्चालनमा रहेका शौचालयहरुलाई पनि स्तरोन्नति गरी सुविधाजनक बनाउने महानगरको तयारी छ ।

अधिकारसम्पन्न समिति गठन गरेर शौचालयको व्यवस्थापन गर्दै आएको महानगरले पहिलोपटक यससम्वन्धि निर्देशिका नै बनाएर योजना अघि बढाएको हो । यसअघि शौचालय सञ्चालनका लागि छुट्टै नीति महानगरले बनाएको थिएन ।

महानगरभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नका लागि सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापन मार्गदर्शन, ०७५ तयार गरिएको महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । मार्गदर्शन तयार भए पनि पारित हुन भने बाँकी रहेको उनले बताए । मंगलबार पनि यस विषय छलफल भएको छ । अझै केही विषयहरुमा थप छलफल हुने क्रममा रहेको उपाध्यक्ष बस्नेतले जानकारी दिए ।

हाल काठमाडौंका विभिन्न स्थानमा सार्वजनिक शौचालयहरु छन् । तर, त्यसको सरसफाई तथा व्यवस्थापनमा ध्यान नदिँदा कतिपय प्रयोगविहीन अवस्थामा छन् । साथै, धेरै शौचालय अशक्त तथा अपांग मैत्री छैनन् । अब त्यसलाई स्तरोन्नती गरी भौतिक गुणस्तर तथा सेवा सञ्चालन स्तर निर्धारण गरेर महिला, बालवालिका, ज्येष्ठ नागरिक, अपांग लगायतको सहज पहुँच पुग्ने किसिमको शौचालय बनाउने महानगरले बताएको छ ।

शौचालयको वर्गीकरण

महानगरले तयार पारेको मार्गदर्शन अनुसार मुख्य गरेर शौचालयहरुलाई २ भागमा वर्गिकरण गरिनेछ । बनावटको आधार र सुविधाका आधारमा गरेर दुई किसिमका शौचालय निर्माण हुने महानगरले बताएको छ ।

बनावटका आधारमा आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरुलाई नगर कार्यपालिकाले निर्णय गरी तीन किसिमले पुनः वर्गीकरण गर्नेछ । महानगरका अनुसार बनावटका आधारमा निर्माण हुने शौचालयलाई पुनः सानो, मझौला र ठूलो गरी तीन किसिमका बनाइने छ ।

अर्को भनेको सुविधाका आधारमा हो । सुविधाका आधारमा निर्माण हुने शौचालयलाई पनि पुनः तीन किसिमले नै वर्गीकरण गरिने महानगरले बताएको छ । महानगरका अनुसार सुविधाका आधारमा निर्माण हुने शौचालय एउटा सामान्य किसिमका हुनेछन् भने अर्को आधुनिक शौचालय हुनेछन् ।

यसैगरी स्वचालित शौचालय (इ–ट्वाइलेट) समेत बनाउने महानगरले मार्गदर्शनमा समेटेको छ । यस्तो शौचालयमा दिशा धुन हात प्रयोग गर्नु नपर्ने सुविधा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment