Comments Add Comment

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता

३ असार, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका-५ कैलेबालुस्थित सडकबाट जीप कर्णाली  नदीमा खसेको छ ।

खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

जीप र सवार सबै यात्रु बेपत्ता भएको  प्रहरी निरीक्षक सिंहको बताए ।  जीपमा कतिजना यात्रु थिए भन्ने एकिन नभएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । स्थानीयका अनुसार भने जीपमा १० भन्दा बढी यात्रु सवार थिए ।

प्रहरी चौकी याञ्चुको टोली घटनास्थल पुगेको छ । उद्धारका तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली पनि हेलिकोप्टरबाट घटनास्थल पठाइएको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment