
३ असार, काठमाडौं । सम्बोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओली राष्टममा पुगिसकेका थिए तर, प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरे । संसद भोलिसम्म स्थगित भयो । प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्न पाएनन् ।
कतिपयले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिएको भन्दै आलोचना समेत गरेका छन् ।
स्वयंम प्रधानमन्त्री ओलीले पनि ट्वीट गर्दै भनेका छन्, ‘प्रमुख विपक्षी नेकाले रोष्ट्रम घेरी अबरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी बिधेयक लगायतका समसायिक बिषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानीत सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।’
तर, कांग्रेसका प्रमुख समेतक बालकृष्ण खाड भन्छन्, ‘प्रधानमन्त्रीलाई बोल्न नदिएको हुँदै होइन ।’
उसो भए अवरोध किन गरेको त ? प्रमुख सचेतक खाँडका अनुसार विपक्षी दलका नेता शेरबहादुर देउवाले संसदमा सम्बोधन गर्न विहानै सभामुखसँग समय मागिएको थियो ।
सभामुखले हुन्छ पनि भनेका थिए । तर सदन सुरु हुनुअघि प्रधानमन्त्रीले बोल्न समय मागेको सभामुखले जानकारी गराए । विपक्षी दलका नेता लगायतले बोलेपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कांग्रेसले बताए । खाँड भन्छन्, ‘यदि एउटै सेसनमा अप्ठ्यारो हुन्छ भने पहिलो सेसनमा विपक्षी दलको नेताले बोल्नुहुन्छ । अर्को सेसनमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहोस् पनि भन्यौं ।’
तर प्रधानमन्त्रीले म आफैं बोल्छु भनेको र सभामुखले त्यसलाई व्यवस्थापन गर्न नसकेको उनको आरोप छ ।
‘प्रधानमन्त्री देशबाहिर हुनुहुन्थ्यो । त्यसैले उहाँ आएपछि विपक्षी दलको नेताले अहिलेका समयसामयिक विषय बोलेपछि जवाफ दिँदा के विग्रथ्यो ? खाड भन्छन्, ‘तर प्रधानमन्त्रीजीले म आफ्ना कुरा भन्छु र हिँड्छु भने जस्तो गर्नुभयो ।’
कांग्रेस प्रमुख सचेतक खाँडले प्रधानमन्त्री असहिषुष्ण बनेको र सभामुखले निश्पक्षतापूर्वक सदन चलाउन नसकेको निष्कर्ष सुनाए । युरोप भ्रमणमा जाने बेला पनि सदनलाई जानकारी नगराएको भन्दै उनले अघि भने, ‘दिनपछि राष्ट्रपति कार्यालयबाट पत्र प्रापत भयो । आज पनि विपक्षीले दलका नेताले बोलेपछि सम्बोधन गर्दा भइहाल्थ्यो । तर उहाँले अरुलाई सुन्न चाहनु भएन ।’
प्रतिक्रिया 4