Comments Add Comment

विश्वकप क्रिकेट : इंग्ल्यान्डले अफगानिस्तानलाई दियो विशाल लक्ष्य

३ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले अफगानिस्तानलाई ३९८ रनको विशाल लक्ष्य दिएको छ ।

म्यान्चेस्टरमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३९७ रन बनाएपछि अफगानिस्तानले ठूलो लक्ष्य पाएको हो । इंग्ल्यान्डले ठूलो लक्ष्य दिनेक्रममा कप्तान इयोन मोर्गनले कीर्तिमानी ब्याटिङ गरे । सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको विश्व रेकर्ड बनाएका मोर्गनले ७१ बलमा १४८ रन बनाए ।

उनले १७ छक्का र चार चौका प्रहार गरे । त्यस्तै, इंग्ल्यान्डको उच्च स्कोर बनाउन जोनी बैरस्टोव र जोइ रुटले पनि उत्कृष्ट प्रदर्शन गरे । जोनीले ९० रन बनाए । ९९ बलको सामना गरेका उनले ८ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, रुटले ८२ बलमा ८८ रन बनाए । उच्च रन बनाउन कप्तान मोर्गन र रुटले १८९ रनको साझेदारी गरे । त्यस्तै, मोइन अलीले ९ बलमा ३१ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका दवलत जाड्रन र गुल्बादिन नाइबले समान ३-३ विकेट लिए । बलिङतर्फ अफगानिस्तानका राशिद खान असफल भए । उनले ९ ओभर बलिङ गर्दै ११० रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment