Comments Add Comment

ड्रेस बिबादबारे वर्षा भन्छिन्–‘मेरो परिवारलाई समस्या छैन भने जवाफ दिन आवश्यक छैन’

केही दिन अगाडि अष्ट्रेलियामा चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा पुग्दा नायिका वर्षा राउतले लगाएको पहिरनको खुबै चर्चा भयो । क्लिभेज देखिएको पहिरनमा नायिका राउत चलचित्रको विशेष शोमा पुग्दा ट्रोल खुबै बनेको थियो ।
तर, नायिका राउतले भने यो कुराको जवाफ दिन आफूलाई आवश्यक नरहेको बताएकी छिन् ।

काठमाण्डौको बीग मुभिजमा आयोजना भएको चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा पुगेकी वर्षाले भनिन्–‘मलाई त्यो पहिरन लगाउँदा सहज भयो । मेरो वरिपरीका मानिस, मेरो परिवार, मेरा दर्शकलाई कुनै समस्या छैन भने यसको जवाफ दिन म आवश्यक ठान्दिनँ ।’

नायिका राउतले यो कुरामा आफ्नो परिवार पनि जोडिएको भन्दै दुःख भने व्यक्त गरेकी छिन् । ट्रोलमा श्रीमान् संजोग कोइरालादेखि आफ्नो ममी ड्याडी पनि जोडिएकाले केही दिन आफूलाई थोरै समस्या भएको उनले तर्क गरिन् । तर, यो देशमा वाक स्वतन्त्रताको कुरा पनि उठिरहेको भन्दै उनले पहिरन स्वतन्त्रता पनि होला भनेर प्रश्न गरेकी छिन् । उनले भनिन्–‘मन लागेको कुरा लगाउन पाइन्छ, तपाइले पनि लगाउनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment