Comments Add Comment

किन निस्कियो करिनाले राहुलसँग डेट गर्न चाहेको प्रसंग ?

आज भन्दा १७ बर्ष अगाडि नायिका करिना कपुरले भारतका चर्चित नेता राहुल गान्धीसँग डेट गर्न मन लागेको बताएकी थिइन् । एक अन्तरवार्तामा कोसँग डेट जान मन छ भनेर सोधिएको प्रश्नमा उनले राहुल गान्धीको नाम लिएकी थिइन् ।

उनले भनेकी थिइन्–‘के म राजनीतिज्ञको नाम लिन सक्छु । मलाई थाहा छैन यो भन्न हुन्छ कि हुँदैन । यो कन्ट्रोभर्सियल कुरा हो । तर, मलाई कांग्रेस नेता राहुल गान्धीसँग डेट जान मन छ ।’ उनले राहुलको बारेमा थप कुरा थाहा पाउनको लागि उनीसँग डेट जाने मन भएको बोलेकी थिइन् ।

उनले पछि थपेकी थिइन्–‘म चलचित्रमा काम गर्ने मान्छे । उहाँ राजनीति गर्ने मान्छे । के थाहा उहाँसँग मेरो निकै रोचक कुराकानी पो होला कि ।’ तर, सन् २००९ सालमा दिएको अन्तरवार्तामा भने करिनाले आफूलाई राहुलसँग डेट गर्ने मन हराएको बोलेकी थिइन् । उनले भनेकी थिइन्, ‘त्यो कुरा एकदमै पूरानो भइसकेको छ । अब मलाई उहाँसँग डेट गर्न मन छैन ।’ तर, करिना कपुर राहुल प्रधानमन्त्री भएको हेर्न चाहन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment