Comments Add Comment

टेक्नोलोजीको दुनियाँमा परिवर्तन ल्याउने ५ नयाँ फिचर्स

प्रविधिको जब कुरा हुन्छ, तब हार्डवेयर र सफ्टवेयरको कुरा एकैसाथ आउँदछ । यद्यपि, सफ्टवेयरको क्षेत्रमा निकै तीव्र गतिमा परिवर्तन र विकास भैरहेको हुन्छ ।

कम्पनीहरु अपडेटको रुपमा नयाँ नयाँ सफ्टवेयर फिचर्स ल्याउने कुरामा केन्द्रित भैरहेका हुन्छन् ।

समकालीन प्रविधिको दुनियामा केही त्यस्ता नयाँ फिचरहरु आउँदै छन् जसले प्रविधि जगतमा व्यापाक प्रभाव पार्ने हैसियत राख्दछन् । एन्ड्रोइडको फेस अथेन्टिकेसन फिचर देखि अफलाइन लोकेसन ट्रयाकिङ्ग जस्ता फिचरहरु यसमा सामेल छन् । आउनुहोस् प्रविधिको दुनियामा प्रभाव छाड्ने केही नयाँ सफ्टवेयर फिचर्सका बारेमा चर्चा गरौँ:

· आइफोनको अफलाइन लोकेशन ट्रयाकिङ्ग: मोबाइल हराइरहने बानी भएका मानिसहरुका लागि यो फिचरले राहत दिनेछ । एप्पलको आगामी आइओएस १३ मा आइफोन ट्रयाक गर्ने यो फिचर हुनेछ । यो फिचरको नाम हुनेछ- फाइन्ड मी । फाइन्ड माई फोन र फाइन्ड माइ फ्रेन्ड फिचर मिलाएर यो नयाँ फिचर तयार भएको हो । यो फिचरबाट अफाइन भएको बेला पनि आफ्नो आइफोन ट्रयाक गर्न सकिन्छ । यसका लागि यसले फोनको ब्लुटुथको सहयोग लिन्छ ।

कम्पनीका अनुसार ब्लुटुथबाट प्राप्त हुने सबै जानकारी एनक्रिप्टेड हुनेछन् र ती जानकारीमा स्वयं एप्पलको पनि पहुँच हुनेछैन ।

· एन्ड्रोइडको फेस अथेन्टिकेसन : गुगलले एन्ड्रोइडको आगामी अपरेटिङ्ग सिस्टम एन्ड्रोइड क्यू को बिटा ४ भर्सन रिलिज गरेको छ । क्यू का थुप्रै नयाँ फिचरमा फेस अथेन्टिकेसन फिचर पनि सामेल रहेको छ । यो फिचरको सहयोगमा अनुहारको डाटाको अथेन्टिकेसनबाट पैसाको कारोबार गर्न, एप्स इन्स्टल गर्न था त्यसमा साइन इन गर्न सम्भव हुनेछ । यो एप्पलको फेस आइडी जस्तै हुनेछ ।

· गुगल म्यापमा स्पीडोमिटर : गुगल म्याप विश्वको सबैभन्दा धेरै प्रयोग गरिने नेभिगेसन एप हो । यसमा आउने नयाँ फिचर मध्येको एक नेभिगेसन स्क्रिनमा स्पिडोमिटर पनि हुनेछ । यो फिचर उपलब्ध भएसँगै गुगल म्यापले गाडीको गतिले सीमा नाघेमा चेतावनी दिनेछ । सुरक्षालाई मध्यनजर गर्दै यो फिचर गुगलले ल्याउन लागेको हो । यो फिचर परीक्षणका लागि केही देशमा लागू भैसकेको छ ।

· एप्पल टिभीका लागि कन्ट्रोल सपोर्ट : एप्पलको वल्र्डवाइड डेभलपर्स सम्मेलनका क्रममा उसले एप्पल टिभीको अपरेटिंग सिस्टमका बारेमा जानकारी दिएको थियो । त्यसमा सबैभन्दा महत्वपूर्ण फिचर भनेको कन्ट्रोलर सपोर्ट हो ।यसबाट एक्सबक्स वा प्लेस्टेसन फोरको कन्ट्रोलरबाट एप्पल टिभीमा गेम खेल्न सकिनेछ । एप्पलले हालै एप्पल आर्केड नामको गेमिङ सर्भिस सुरु गर्ने बताएको थियो । नयाँ कन्ट्रोल सपोर्टले गेमिङ सर्भिसलाई झनै सहज बनाउनेछ ।

· आइप्याडका लागि युएसबी ड्राइभ एक्सेस : एप्पलले आइप्याड अपरेटिङ सिस्टमको पनि हालै घोषणा गरेको छ । यो आइप्याडका लागि नयाँ युजर इन्टरफेस हो, जुन ल्यापटप जस्तै बनाइएको छ । यो अपरेटिङ्ग सिस्टममा होमस्क्रिन नयाँ ढाँचामा हुनेमात्र होइन स्क्रिनमा एकसाथ धेरै कार्य अर्थात् मल्टि टास्किङ्गको उत्कृष्ट अनुभव लिन सकिने दाबी गरिएको छ । साथै आइप्याडमा युएसबी ड्राइभ वा एसडी कार्ड सिधै जोड्न सकिेनछ । टाइप सी पोर्टमा जोडेर त्यसलाई सिधै प्रयोग गर्न सकिनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment