News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट नेताहरुको बैठक बालुवाटारस्थित नेपाल हाउसमा साढे १२ बजे बोलाएका छन्।
- राणाले आसन्न केन्द्रीय समिति बैठकमा समूहको धारणा तय गर्न बैठक बोलाएको राणानिकट एक केन्द्रीय सदस्यले बताए।
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कात्तिक २७ र २८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन्।
१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन्।
राणाले राप्रपाका असन्तुष्ट नेताहरुको बैठक बोलाएका हुन् । अपराह्न साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाइएको हो।
राणानिकट एक केन्द्रीय सदस्यका अनुसार आसन्न केन्द्रीय समिति बैठकमा समूहको धारणा तय गर्नका लागि बैठक बोलाइएको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कात्तिक २७ र २८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4