Comments Add Comment

सारीमा सुरविना

नायिका सुरविना कार्की अहिले मुम्बइमा छिन् । उनी, केही दिनमा नै नेपाल आउँदैछिन् । आज शुभसाइत भएको चलचित्र ‘लप्पन छप्पन’की नायिका समेत रहेकी सुरविनाले चलचित्रको छायांकनका लागि नै नेपाल आउन लागेको बताइन् ।
चलचित्रमा उनको दृश्यको छायांकन भने अष्ट्रेलियामा हुनेछ । चलचित्रलाई लिएर आफू उत्साहित रहेको सुरविना बताउँछिन् ।

मुम्बइमा रहेर फोटोसुट धेरै गर्दै आएकी सुरविनाले यसपटक भने टिपिकल इन्डियन लुक्समा आफूलाई ढालेकी छिन् । सुरविनाको छवि बोल्ड नायिकाको छ । सधै नै हट पहिरन लगाउँदै आएकी सुरविना यसपटक सारीमा खुलेकी छिन् ।
उनले भनिन्–‘मलाई सारी निकै नै मनपर्छ । मसँग सारीको थुप्रै कलेक्शन छ । तर, अरु पहिरन जस्तै सारी हरेक ठाउँमा लगाइदैन । यसैले पनि सारीमा दर्शकले मलाई कम देख्नुभएको हो ।’

उनले सारी लगाउँदा महिलाहरु फूल जस्तो देखिने टिप्पणी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment