+
+

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यकर्ता पोस्ने बहाना मात्रैः संग्रौला

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ४ गते १८:३८

४ असार, काठमाडौं । नेपाली कांग्रसकी सांसद तथा छाया सरकारीका श्रममन्त्री डिला संग्रौलाले विदेशमा रोजगारीमा संलग्न नेपाली युवाहरुको हितको संरक्षण हुन नसकेको बताएकी छिन् । बुधवार बसेको संघीय संसद प्रतिनिधि सभा वैठकमा बिनियोजन बिधेयक, २०७६ को मन्त्रालय अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबारेको छलफलमा उनले बर्षेनी पाँच लाख युवाहरु श्रम बजारमा आउने अनुमान गरिए पनि सरकार त्यसलाई व्यवस्थापन गर्ने योजना ल्याउन नसकेको आरोप लगाइन् ।

देशभित्र रोजगारीका अवसर नगन्य रहँदा पनि सरकारले ठोस योजना ल्याएर युवालाई रोजगारीसँग जोड्न नसकेको उनको भनाइ थियो ।

बजेटमा उल्लेखित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वेरोजगारलाई आफ्नै उद्योग खोल्न ‘सिड मनी’ दिने भनेको भनिएता पनि यसको स्पष्ट खाकाको अभावमा यो योजना पनि कार्यकर्ता पोस्ने बहाना मात्रै देखिएको उनको ठहर छ । उद्योग धन्दा, कलकारखाना र रोजगारका अन्य बिकल्पहरु सरकारले प्रस्तुत गर्न नसकेको संग्रौलाले बताइन् ।

विदेशमा रोजगारीका लागि कडा श्रम गरिरहेका नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार चुकेको भन्दै उनले विदेशमा रहेकालाई नेपालमा र्फकने र लगानी गर्ने वातावरण नभएको पनि उल्लेख गरिन् ।

वैदेशिक रोजगारीका क्षेत्रमा विकृति र अस्तव्यस्ता चरम रहेको भन्दै हरेक दिन त्रिभुवन विमानस्थलमा हरेक दिन २ देखि ३ वटा नेपालीको शव आउँदा पनि गम्भीर हुन नसकेको आरोप लगाइन् ।

‘मलेसिया, साउदी अरेबिया र कतार लगायतका देशमा पछिल्लो ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको देखिन्छ । वैदेशिक रोजगारीका लागि विदेसिएको कुल संख्या ८६.४२ प्रतिशत छ,’ उनले भनिन्,’आर्थिक बर्ष २०७५।७६ को जेठ महिनासम्म बैदेशिक रोजगारीमा श्रम स्वीकृत लिएर करार अवधीमा ज्यान गुमाउनेको संख्या ६ सय ६६ छ । तर यस्तो भयावहक अवस्थालाई रोक्न सरकारको ध्यान जान किन सकेन ?’

७५ प्रतिशत युवाहरु अदक्ष युवाहरु वैदेशिक रोजगारीमा गइरहेको भन्दै उनले सिप नहुँदा उनीहरु थोरै पारिश्रमिकमा चित्त बुझाउन बाध्य भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?