Comments Add Comment

परिणिती भन्छिन्–‘अर्जुनको किस गर्ने तरिका फरक र गज्जबको छ’

पछिल्लो समय नायिका परणिती चोपडा आगामी चलचित्र ‘साइना नेहवाल’लाई लिएर निकै चर्चामा छिन् । यो चलचित्रमा परणितीले ब्याड्मिन्टन खेलाडी साइना नेहवालको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो चलचित्रको लागि परिणितीले गरेको मिहिनेतको भने चर्चा भइरहेको छ ।

हालै मात्र एक अन्र्तवार्तामा परिणितीलाई उनले काम गरिसकेका २ नायकको बिषयमा सोधिएको थियो । नायक अर्जुन कपुर र सिद्धार्थ मल्होत्रामध्ये कसले राम्रो किस गर्छन् भनेर प्रश्नकर्ताले परिणितीलाई प्रश्न गरे ।

परणितीले भनेकी छिन्–‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको र फरक किसिमको छ । उसले गर्ने किस सानदार हुन्छ ।’ अर्जुन र परणितीले चलचित्र ‘इशकजादे’ र ‘नमस्ते लण्डन’मा एक साथ काम गरेका थिए । उक्त दुबै चलचित्रमा अर्जुन र परणितीको किस सिन छ ।

यस्तै परणितीले सोही अन्तरवार्तामा आफू प्रेममा भएको पनि खुलाएकी छिन् । उनले भनेकी छिन्–‘म अहिले एक नायकसँग डेट गरिरहेको छु । तर बिडम्बना, मैले उनको नाम यहाँ भन्न सक्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment