
५ असार, काठमाडौं । सहकारीमार्फत रकम ठगी गर्ने काठमाडौं चाबहिलको साइन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रोशन श्रेष्ठ पक्राउ परेका छन् ।
सर्वसाधारण वचतकर्तालाई बढी ब्याज पाइन्छ भनी आश्वासन दिई प्रलोभनमा पारी ३३ ८५ हजार ५ सय रुपैयाँ ठगी गरेको भनी उच्च अदालत पाटनले २ वर्ष कैद र ८ लाख ४६ हजार २ सय ५० जरिवाना सुनाइएका श्रेष्ठलाई प्रहरीले बुधबार ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।
दिलशोभा श्रेष्ठसहितका वचतकर्ताबाट रकम लिएर साँवा रकम समेत फिर्ता नगरी संस्था नै बन्द गरी ठगी गरेको भन्ने ठहर भएपछि अदालतले श्रेष्ठलाई दामासायीबाट हुन आउने रकम ८ लाख ४६ हजार २ सय ५० रुपैयाँ जरिवाना तोकेको थियो ।
श्रेष्ठलाई बिहीबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4