Comments Add Comment

चीनले भन्यो : केरुङ-काठमाडौं रेलवेमा नेपालको तयारी पुगेन

६ असार, काठमाडौं । आज प्रकाशित पत्रिकाहरुमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच दरार बढेको र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा भ्रष्टाचार भएको विषय प्राथमिकतामा परेका छन् ।

साथै नेपाल-चीन रेलवे निर्माणमा नेपालको तयारी सुस्त भएको विषयले पनि प्राथमिकता पाएको छ ।

चीनबाट काठमाडौंसम्म रेल ल्याउने काममा नेपाल सरकारले न्युनतम तयारीसमेत नगरेको चिनियाँ पक्षले बताएको छ । यो समाचार नागरिक दैनिकको हो ।

बेइजिङमा डेटलाइनमा चेतनाथ आचार्यले लेखेका छन्- बिहीबार सम्पन्न नेपाल-चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ-काठमाडौं जोड्ने रेलवेको विस्तृत परियोजना प्रतिवदेन (डीपीआर)मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो । चिनियाँ पक्षले राखेका पाँच बुँदामध्ये पहिलोमा पूर्वसम्भाव्यता अध्ययनको गुणस्तर कायम गर्नेबारे गहन अध्ययन जरुरी भएको उल्लेख छ । चिनियाँ पक्षले नै पूर्वसम्भावयता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । यसमा विशेषगरी प्राविधिक अध्ययन अनुसन्धानको खाँचो चिनियाँ पक्षले औंल्याएको छ ।’

समाचारमा लेखिएअनुसार नेपाल-चीन रेलवेसम्बन्धी पाँचौ बैठक आगामी डिसेम्बरभित्र काठमाडौंमा गर्ने निर्णय भएको छ । पाँच महिनामा चीनले औंल्याएका पाँचवटा बुँदामा काम भयो भने पाँचौं बैठकको एजेन्डा सम्भाव्यता अध्ययन हुन सक्ने छ ।

हेर्नुहोस् आजका पत्रिकाका फ्रन्टपेज

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment