Comments Add Comment

वार्नरको विष्फोटक ब्याटिङमा अष्ट्रेलिया विजयी

६ असार, काठमाडौं । विश्वकप क्रिकेटमा बिहीबार अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले हराएको छ । यो जितसँगै ६ खेलबाट १० अंक जोडेर अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा पुगेको छ । न्यूजिल्याण्डको ९ र इंग्ल्याण्डको ८ अंक छ ।

३८२ रनको विजय लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेटको क्षतिमा ३३३ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि मुश्पिmकर रहिमले अविजित शतक बनाए पनि आफ्नो टिमलाई जिताउन सकेनन् । उनले ९७ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै अविजित १०२ रन बनाए । जारी वर्ल्डकपमा यो उनको पहिलो शतक हो ।

त्यस्तै महम्मद उल्लाहले ६९ रन बनाउँदा तमिम इक्बलले ६२ र सकिब अल हसनले ४१ रन बनाए ।

बलिङतर्फ मार्कुस स्टोइनिस, नाथन कउल्टर नाइल र मिचेल स्टार्कले समान २-२ विकेट लिए ।

यसअघि नोटिङघममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै ५० ओभरमा ५ विकेटको क्षतिमा ३८१ रन बनाएको थियो । अष्ट्रेलियाको ठूलो स्कोर बनाउनमा डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गरे । उनले १६६ रन बनाए । १४७ बल सामना गरेका उनले १४ चौका र पाँच छक्का प्रहार गरेका थिए । जारी वर्ल्डकपमा यो उनको दोस्रो शतक हो ।

त्यस्तै उस्मान खवाजाले ८९ रन बनाउँदा कप्तान एरोन फिन्चले ५३ र ग्लेन म्याक्श्वेलले ३२ रन बनाए ।

कप्तान फिन्च र वार्नरले पहिलो विकेटका लागि १२१ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । त्यसपछि दोस्रो विकेटका वार्नर र खवाजाले १९२ रनको साझेदारी गरे । अष्ट्रेलियाविरुद्ध सौम्या सरकारले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment