+
+

सिप्रदी र टाटा मोटर्सद्वारा नेपालका १६ मुख्य शहरमा योग कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते १७:४०

६ असार, काठमाडौं । अटोमोबाइल कम्पनी टाटा मोटर्स र टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङले अन्तर्राष्ट्रिय योग दिवस २०१९ को अवसरमा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रमको भव्य आयोजना गर्दै दिवस मनाएको छ ।

सिप्रदीको पहलमा आयोजित कार्यक्रमलाई सिप्रदियन सहायता संस्था र टाटा मोर्टसले संयुक्त रूपमा सहयोग प्रदान गरेका थिए।

अन्तर्राष्ट्रिय योग दिवस उत्सव टाटा मोर्टसको अन्तर्राष्ट्रिय कार्यक्रम हो र नेपालमा देशभर यो कार्यक्रमको आयोजना सिप्रदीले गरेको हो। कार्यक्रममा टाटा मोटर्स र सिप्रदीका वरिष्ठ अधिकारीहरूसहित सिप्रदीका कर्मचारीहरू, सिप्रदीका कर्मचारीका परिवारजन, ग्राहकहरू र क्षेत्रीय अधिकारिहरूको उत्साहजनक सहभागिता थियो। आधिकारिक योग प्रशिक्षकहरूले योग सत्रको आयोजना गरेका थिए।

यो वर्ष आयोजना गरिएको योग दिवस उत्सव सिप्रदीले आयोजना गरेको तेस्रो संस्करण हो र पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगर अनि जोमसोमस्थित रहेका १६ वटा मुख्य शाखाहरूमा योग दिवसको अवसरमा कार्यक्रम बिस्तार गरेको थियो।

योग सत्रको समापनपछि सहभागीहरू सरसफाई कार्यक्रममा पनि सहभागी भए। नजिकैका खोलानाला, सामुदायिक भवनहरू र विद्यालयहरूको सरसफाई टाटाका ग्राहकहरूको पहलमा गरिएको थियो।
सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहालले योग सकारात्मकपनसँग जोडिएको र यसले सकारात्मक विचार, सकारात्मक व्यवहार र सकारात्मक ऊर्जा कायम गर्न सघाउँने बताए ।

त्यसैगरी, सिप्रदी टेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले योगका हरेक शैलीको आफ्नै महत्त्व भएको र व्यक्तिको शारीरिक र मानसिक विकासमा मद्दत पुर्‍याउँने बताए। साथै योग दिवसले हामीलाई हाम्रा ग्राहकहरू र कर्मचारीहरूसँग जोडिने एउटा मौका पनि प्रदान गर्‍यो। र सिप्रदी ग्राहक र कर्मचारीमुखी कम्पनी भएका कारण यो दिन हाम्रा लागि महत्त्वपूर्ण रहेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?