Comments Add Comment

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश ५ विजयी

६ असार, काठमाडौं । महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश ५ ले गण्डकी प्रदेशमाथि सहज जित हासिल गरेको छ ।

शुक्रबार भएको खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । ७९ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ५ ले १२.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा भेटायो । प्रदेश ५ का लागि नेरी थापाले अविजित २८ रन बनाइन् । उनले १९ बलमा ५ चौका प्रहार गरेकी थिइन् ।

त्यस्तै गीता गोसाईले २० र सरस्वती घर्तीमगरले १० रन बनाइन । बलिङतर्फ गण्डकी प्रदेशकी सुशीला गुरुङले दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले १८.३ ओभरमा सबै विकेटको क्षतिमा ७८ रन मात्रै बनाएको थियो । गण्डकीका लागि सुशिलाले १९ र सृष्टि पौडेलले १८ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

बलिङतर्फ कृतिका मरासैनीले तीन विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment