Comments Add Comment

महिन्द्रा ट्रयाक्टरहरुको नेपालगञ्जमा शोरुम तथा सर्भिस सेन्टर

७ असार, काठमाडौं । अग्नि गु्रपले हालै नेपालगञ्जको भुर्झइ गाउँमा महिन्द्रा ट्रयाक्टरहरुको लागि सेल्स, स्पेयर पार्ट्स शोरुम तथा सर्भिस सेन्टरको स्थापना गरेको छ । स्थापना पछि ७ दिन सम्म भुझइ लगायतका तरातल, राजापुर भुरीगाउँ र छपरगौडीमा सम्पूर्ण ट्रयाक्टर ग्राहकहरुका लागि निःशुल्क क्याम्पको आयोजना भैरहेको छ ।

कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित यस शोरुमले आफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्ने छ । हालै स्थापना गरिएको यस शोरुम अग्नी इन्कर्पोरेटेड प्रा.लि अन्तर्गत रहेको र सर्भिस सेन्टर बालाजु अटो वोर्क्स अन्तर्गत रहेको छ ।

कम्पनी अनुसार शाखाको शुभारम्भ पछि विरगन्ज क्षेत्रका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीको गुणस्तरीय सेवा पाउनुहुने छ । कम्पनी केवल सवारी विक्री गर्न तर्फ मात्र केन्दि्रत नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्दि्रत रहेको छ ।

कम्पनीद्वारा ग्राहकहरु को आवश्यकता अनुसार सेवा प्रदान गर्नको लागी अधिक ध्यान केन्दि्रत गरिएको र साथै महिंऽाका विभिन्न आउटलेटहरुमा ग्राहकहरुको अधिकतम संतुष्टिलाई विशेष ध्यानमा राखी गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको कुरा कम्पनीको ट्र्याक्टर विभागका उप महाप्रबन्धक प्रवाश मान शाक्यले बताएका छन् ।

शोरुमबाट ग्राहकहरुले महिन्द्राका जेन्यून स्पेयर पार्ट प्राप्त गर्नुका साथै सबै रेन्जका ट्रयाक्टरको विक्री, सर्भिस तथा स्पेयर पार्ट सहजै प्राप्त हुने छ ।

साथै चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई सेवाहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको छ । साथै कम्पनी र ग्राहक बीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्व्ाास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment