+
+
Shares

कांग्रेसको डेनमार्क भेलामा विमलेन्द्र निधीको वैवाहिक वर्षगाँठ !

कोपनहेगनमा यसरी सुरु भयो कांग्रेसको विश्वभेला

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते ८:०१

८ असार, कोपेनहेगन । पार्टीको औपचारिक कार्यक्रमको सन्दर्भ पारेर परिवारसहित डेनमार्क आइपुगेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आफ्नो विवाहको २८ औं बर्षगाँठ मनाएका छन् ।

नेपाली जनसम्पर्क समितिले डेनमार्कले वर्षगाँठको अवसरमा केकको चाँजोपाँजो मिलाइदिएको थियो ।

श्रीमती अनामिका निधि र परिवारका अन्य सदस्यसहित निधी युरोप भ्रमणमा छन् । नेता कार्यकर्ता माझ निधी दम्पतिले पुराना दिनहरुको यादमा एक अर्कालाई समर्पित गर्दै गीतसमेत सुनाए ।

अनौपचारिकरुपमा कार्यक्रम गरिएको भए पनि वातावरण उल्लासमय रहेको एक प्रतिनिधिले बताए । नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने भेलालाई निधीले शुक्रबार कोपनहेगनस्थित रिचमण्ड होटलमा उदघाटन गरेका थिए । लगत्तै नेपाली जनसम्पर्क समिति डेनमार्कले आफ्नो चौधौं बार्षिकोत्सव मनायो ।

वार्षिकोत्सवको समापन हुँदै गर्दा पार्टीको मञ्चबाट नै उदघोष भयो, यस कार्यक्रमको समापनसँगै पार्टी उपसभापतिको २८ औं वैवाहिक बर्षगाँठ पुगेको अवसरमा जनसम्पर्क समिति डेनमार्कको तर्फबाट बधाई सहित केक काटेर सामुहिकरुपमा मनाउने व्यवस्था गरेका छाैँ । सहभागिताका लागि अनुरोध गर्दछौं ।’

निधी दम्पत्तिलाई महामन्त्री शशांक कोइराला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस नेताहरु डा.मिनेन्द्र रिजाल, भीष्मराज आङ्गदम्बे, धनराज गुरुङ्, गोविन्द भट्टराईलगायत नेताहरुले सफल दाम्पत्य जीवनको शुभकामाना दिए ।

भेलामा सहभागी एक प्रतिनिधिले भने यस्ता गतिविधिले गलत सन्देश जाने हुँदा पारिवारिकरुपमा नै मनाएको भए राम्रो हुने प्रतिक्रिया दिएका छन् ।

कोपनहेगनमा यसरी सुरु भयो कांग्रेसको विश्वभेला

नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीन दिने भेला शुक्रबारदेखि डेनमार्कको कोपनहेगनमा सुरु भएको छ । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधीले प्रमुख अतिथिका रुपमा भेलाको उदघाटन गरेका छन् ।

तीनदिने भेलाको पहिलो दिन उदघाटन मात्रै भए पनि नेपाली जनसम्पर्क समिति डेनमार्कले आफ्नो चौधौं बार्षिकोत्सव मनायो ।

कांग्रेस नेताहरुको जम्बो टोली सहभागी बनेको कार्यक्रमको मञ्चमा पार्टी उपसभापति निधी, महामन्त्री शशांक कोइराला र जनसम्पर्क समिति डेनमार्कका सभापति वीरेन्द्रसिंह कार्कीलाई मात्रै राखिएको थियो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस नेताहरु डा.मिनेन्द्र रिजाल, भीष्मराज आङ्गदम्बे, धनराज गुरुङ, गोविन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, कांग्रेस केन्द्रीय कार्यालयका सचिवद्वय प्रकाश शर्मा र मुक्ति आचार्य तथा भक्तपुरका सभापति दुर्लभ थापा पनि भेलामा सहभागी छन् ।

भेलामा शनिबार र आइतबार दुईदिन नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा प्रशिक्षण कार्यक्रम तय गरिएको छ । ३० भन्दा बढी मुलुकहरुवाट प्रतिनिधिहरु आउने बताइए पनि भेलामा २१ देशका जनसम्पर्क समितिका प्रतिनिधिहरुको मात्रै सहभागिता रहेको आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?