Comments Add Comment

विद्यार्थीहरुलाई फुटसल सिकाउँदै बल्छी धुर्बे

काठमाडौं । हास्य टेलिश्रृंखला मेरी बास्सैमा अभिनय छाडेर फुटसल सञ्चालन गरेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले विद्यार्थीहरुलाई फुटसल सिकाउन थालेका छन् ।

बनस्थलीको खरिबोटमा गत जेठ महिनाबाट ‘बल्छी ध्रुवे फुटसल’ सञ्चालन गरेका उनले यही असार ७ गतेबाट स्कुलका विद्यार्थीहरुलाई फुटसलको प्रशिक्षण दिन थालेका हुन् ।

‘स्थानीय अभिभावकहरुले हाम्रा बच्चाहरुलाई पनि खेल्न सिकाइदिनुपर्‍यो भनेपछि १० कक्षासम्मका विद्यार्थीहरुलाई फुटसलको आधारभूत ज्ञान दिन थालेका छौं,’ उनले अनलाइनखबरसँग भने ।

बल्छी धुर्बेको फुटसलमा मृगेन्द्र मिश्रले प्रशिक्षण दिन्छन् । मिश्र अखिल नेपाल फुटबल संघ (एन्फा)को कोच हुन् ।

अहिले १८ जना विद्यार्थीहरुले प्रशिक्षण लिइरहेका छन् । फुटसल सिकाएवाफत् एक जनाबाट २५ सय रुपैयाँ मासिक शुल्क लिने गरेको उनले जानकारी दिए ।

तर, फुटसलबाट आफूले व्यापारको मात्र उद्देश्य नराखेको उनी बताउँछन् । ‘स्वस्थ बन्नु छ भने खेल खेल्नु जरुरी छ,’ श्रेष्ठले भने, ‘खेलले मानिसलाई अनुशासित पनि बनाउँछ ।’

साउनबाट नयाँ सिरियल लिएर पुनः दर्शकमाझ आउने उनले जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment